arrow

 पाँच किलो सुनसहित चार भारतीय प्रहरीको नियन्त्रणमा

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
handcuffs-1.jpeg

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पाँच किलो ८१४ ग्राम सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।     
     
 थाइल्याण्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । पक्राउ पर्नेमा जतीन जैन, सुनिता, बविता गार्ग र सरिता जैन रहेका छन् ।     
     
 थाइ एयरबाट नेपाल आएका उनीहरुले आवश्यकभन्दा बढी गरगहना लगाएको देखेपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले करीब रु दुई करोड ९६ लाख आठ हजार मूल्य बराबरको सुन बरामद गरेको हो । 

प्रहरीका अनुसार जतिनबाट एउटा बाला र एउटा सिक्री, सुनिताबाट ६ थान बाला र सिक्री दुई थान, बविताबाट ६ थान बाला र दुई थान सिक्री तथा सरिताबाट ६ थान बाला र दुई थान सिक्री बरामद गरिएको हो । 

पक्राउ परेकालाई अहिले गौशालास्थित प्रहरीवृत्तमा राखी अनुसन्धान भइरहेको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ