arrow

सडक दुर्घटनामा एकको मृत्यु

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
accident-final.jpeg

कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।

गए राति ना८ख १८४५ नंको ट्रकले लु४१प १७२७ नंको स्कुटरलाई ठक्कर दिँदा देवचुली नगरपालिका सिर्जनाचोक बस्ने २२ वर्षीय टीकाराम महतोको मृत्यु भएको हो  । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका महतोको दुम्कौलीमा उपचार हुन नसकेपछि भरतपुर पठाइएकामा आज बिहान २ बजे मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कुटरमा सवार सोही स्थान बस्ने २१ वर्षीय भरत गुरौ घाइते भएकाछन् । उनको अवस्था चिन्ताजनक रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्ष अर्जुन रानाभाटले जानकारी दिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ