arrow

बाराको भुमरी प्रभावित क्षेत्रमा पशु चौपायाको दुर्गन्धले महामारी फैलने खतरा

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
strom-bara.jpg

काठमाडौं। बाराको भुमरी प्रभावित क्षेत्रमा पशु चौपायाको दुर्गन्धले महामारी फैलने खतरा निम्त्याएको छ।अहिले बाराका भुमरी प्रभावित १० स्थानीय निकायमा पशु चौपायालाई बिर्सजन गरेपनि रुख तथा घरका भग्नावशेषले छोपेका सिनोको दुर्गन्ध फैलिएकाले त्यहा माहामारीको रुप लिन सक्ने स्थानीय पत्रकार जयनारायण यादबले जानकारी दिए। प्रभावित क्षेत्रमा खानेपानीको अभाव र शौचालय नहुदा जथाभावी दिसापिसाब गर्नाले झाडापखाला ,टाइफाइड, लगायतका स्वास्थ्य समस्या देखिने सम्भावना बढेको छ।

भुमरीपछि धुलो उडने गर्नाले प्रभावित क्षेत्रमा आँखाको संक्रमण देखिन थालेको छ भने छालाको समस्या पनि देखिने सम्भावना बढेको त्यहा खटेको स्वास्थ्यकर्मीको टोलीले बताएका छन।

यसैगरी एकै स्थानको टेन्टमा धेरैजना बस्ने, खुल्ला शौच र स्वच्छ तथा सुरक्षित पानीको अभावमा त्यहा झाडापखाला, टाइफाइड, निमोनिया तथा हेपाटाइटिस फैलने खतरा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विबेक कुमार लालले जानकारी दिए।

प्रभावित क्षेत्रका जेष्ठ नागरीक, बालबालिका र गर्भवति तथा सुत्केरी बढी प्रभाबित भएकाले उनीहरुका लागि पोषिलो खाना सामुहिक रुपमा उपलब्ध गराउन जरुरी रहेको  जनस्वास्थ्यबिदहरुले बताएका छन। 

गर्मी मौसम सुरु भएकोले यस क्षेत्रमा पानी तथा कीटजन्य रोग फैलने भएकाले यी रोगबाट बच्न सकिएन भने महामारीको रुप लिने खतरा रहने डा. लालले सचेत रहन आग्रह गरे। यस्तो बेला बालबालिकाले लगाउने दादुरा रुबेला लगायतकाखोप छुट्ने, जेष्ठ नागरीगले दिर्घतथा संक्रामण्क रोगको उपचारमा खाइरहेका औषधी छुट्ने खतरा रहेको पनि बिज्ञहरुले सचेत गराएका छन्। 

त्यहा अधिकाशले परिवार सगै गाँसबाँस गुमाएकाले शारिरीकसंगै मानसिक समस्या पनि बेहोरेका छन। उनीहरुका लागि फिजियोथेरापि सेवा संगै मनोसामाजिक पराम र्श सेवा दिने कामको थालनी भएपनि सबैतिर पुग्न नसकेको निर्देशक लालले बताए।

गृह मन्त्रालयका अनुसार अहिलेसम्म २९ जनाको मृत्यु भएको छ भने १ हजारभन्दा बढी घाइते भएका छन। स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका अनुसार अहिले ३ सय २३ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेका छन्।

बारा र पर्सामा गरेर एक हजार घर भत्किएका छन भने उनीहरुको लागि अस्थायी बास मिलाउन ५ सय टेन्टको व्यवस्था मिलाइ सकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ