arrow

बुढा सम्राटको दरबार पुगेका तपस्वीको जटामा बुद्धको खुट्टा

logo
बुद्ध ३, ओशो,
प्रकाशित २०७५ चैत २२ शुक्रबार
buddha2.jpg

काठमाडौं ।  आज भन्दा २५०० बर्ष पहिले जुन दिन बुद्धको जन्म भयो घरमा उत्सव मानाइएको थियो । सम्राटको घरमा छोरा जन्मिएको थियो पुरै राजधानी सजिएको थियो । रातभर मानिसहरुले दियो जलाए, नाचे उत्सवको क्षण थियो त्यो । बुढो सम्राटको घरमा छोरा जन्मिएको थियो । लामो प्रतिक्षा पुरा भएको थियो । धेरै पुरानो अभिलाषा थियो पुरै राज्यको । राजा बुढा हुदै गएका थिए र  नयाँ राजाको कुनै संकेत थिएन ।

यसैले बुद्धलाई सिद्धार्थ नाम दिइयो । सिद्धार्थको अर्थ हो अभिलाषा पुरा हुनु । बुद्ध जन्मेको पहिलो दिनदेखिनै दरबारको द्वारमा ब्यान्ड बाजा बज्दथियो,  सनाइ बज्दथियो  । फुलको बर्षा गरिन्थ्यो, महलका चारै तर्फ प्रसाद बाडिन्थ्यो ।

सो समय हिमालयनबाट कुदै एक बृद्ध तपस्वी द्वारमा आएर खडा भए । उनको नाम थियो असिता । सम्राट पनि उनलाई सम्मान गर्थे । यो भन्दा पहिले असिता कहिले पनि राजधानी आएका थिएन्न । जब कहिले काहि भेट्नु पर्थ्यो भने राजा शुद्धोधन आफै दर्शन गर्न हिमालयन जान्थे ।  यी दुई केटाकेटी देखिका साथी थिए ।  पछि शुद्धोधन राजा भए बजार, माया-मोहको संसारमा उल्झिए । असिता महा तपस्वी भए । उनको ख्याति टाढा टाढासम्म फैलियो ।

 असितालाई द्वारमा देखेर शुद्धोधनले भने, 'तपाई यहाँ ? के भयो कसरी आउनुभयो? केही समस्या छ, कुनै अडचन छ ?
असिताले भने, 'अहँ कुनै समस्या अडचन छैन । तिम्रो घरमा छोरा जन्मिएको छ । उनको दर्शन गर्न आएको हुँ ।'

शुद्धोधनले कुरो बुझेनन्  । सौभाग्यको घडि थियो यो । असिता जस्तो तपस्वी छोराको दर्शन गर्न आए । शुद्धोधनले छोरा सिद्धार्थलाई काखमा च्यापेर असिता भएको ठाँउमा ल्याए । असिता झुके र शिशुको चरणमा शिर राखे । भनिन्छ शिशुले उनको खुट्टा असिताको जटामा अल्झाए र त्यहाँदेखि मानिसको जटामा बुद्धको खुट्टा राह्यो ।

असिता हास्न थाले र रुन पनि त्यो देखेर शुद्धोधनले सोधे, 'शुभ घडिमा तपाई किन रुनुहुन्छ ?'
असिताले भने, 'यो तिम्रो दरबारमा जुन छोरा जन्मिएको छ  । यो कुनै साधरण आत्मा होइन । असाधरण हो । कयौ सतावदी बित्छ यो तिम्रोलागि मात्र सिद्धार्थ होइन । यो अनेको मानिसहरुका लागि सिद्धार्थ हो । अनेकौ मानिसहरुको अभिलाषा यसबाट पुरा हुनेछ । हास्छु की यसको दर्शन मिल्यो ।  हास्छु प्रशन्न छु कि यसले मजस्तो बुढोको जटामा आफ्नो खुट्टा अल्झायो । यो सौभाग्यको क्षण हो । यसकारण रुन्छु कि  जब यो खिल्नेछ, फुल बन्नेछ । जब यसको शुभाष उठ्नेछ  र यसको शुभाषको करोडौ मानिसहरुले छाया लिनेछन् तब म रहनेछैन ।  यो मेरो शरिर छोड्ने समय नजिक आइसक्यो ।'  

साथै असिताले एक अनौठो कुरा सुनाए,' अहिलेसम्म आवगमन (जन्म र मृत्यु) देखि छुट्ने जुन अभिलाषा थियो त्यो पुरा भयो । आज पछुतो पनि हुदैछ । एक जन्म अरु मिले यस बुद्ध पुरुषको चरणमा बस्न, यसको बाणि सुन्न, यसको सुगन्धलाई पिउन,  यसको नशामा डुब्ने सुबिधा भए । आज म पुछुताउदै छु तर म मुक्त भै सकेको छु । यो मेरो अन्तिम अवतरण हो । यसपछि देह बन्न सक्ने छैन । अहिलेसम्म शरिरबाट कहिले छुटकारा होस यहि चेस्टा गरेको थिए । आज पछुतो लागेको छ कि केहि समय अझै रहेको भए हुनेथियो ।'

बुद्धको फुल फक्रिने समय असिता चाहान्छन् मोक्षपनि दाउमा लागे कुनै फरक पर्ने छैन । तबदेखि २५०० बर्ष वित्यो । धेरै प्रज्ञा पुरुष भए । तर बुद्ध अतुलनिय छन् । अतुलनियता यसमा छ कि उनले यस सदिको लागि धर्म दिए र आउने भविष्यको लाग पनि धर्म  दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ