arrow

उपत्यकामा बर्डफ्लुको संक्रमण, मरेका कुखुरा राम्रोसंग नष्ट नगर्दा कागमा सर्यो

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
crow.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । चैतभरमा थुप्रै स्थानमा कुखुराहरु मारिएको छ भने पशुसेवा विभागका अनुसार काग तथा परेवा पनि मरेका छन् । 

विभागका अनुसार संक्रमणबाट ३५० काग मरिसकेका छन् । कतिपय स्थानमा विभागको पहुँचसमेत पुग्न सकेको छैन । काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ । 

परेवा फाटफुट मरे पनि तिनीहरुमा संक्रमण नै भने नदेखिएको विभागले जनाएको छ । निरन्तर कुखुरामा बर्डफ्लु देखिएपछि कुखुरा मारेर फालिएको थियो । तर राम्रोसंग कुखुरा नगाडिएकाले कागले खाएर सरेको हुन सक्ने अनुमान गरिएको छ । 

काठमाडौं, ललितपुर र भक्तपुरमा यो चैतमै हजारौं कुखुरा नष्ट भइसकेको छ । 

अझै पनि कुखुरा वसारपसारमा सरकारले रोक लगाउन सकेको छैन । त्यसैगरी उपत्यकाभित्रै कुखुराको प्रयोग पनि रोकिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ