arrow

मस्यौदा समितिको बैठक

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
bicc.gif.gif
काठमाडौँ । व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिको बैठकले उपसमितिले बनाएको नियमावली मस्यौदामा छलफल प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिको प्रभावकारिताका सम्बन्धमा चर्चा चलिरहेको अवस्थामा आजको बैठकले व्यवस्थापिका–संसद् नियमावलीको मस्यौदामा दफावार छलफल हुनुपर्ने र विज्ञको राय लिनुपर्नेमा समितिका सदस्यले जोड दिएका थिए । 
 
समितिका सभापति राधेश्याम अधिकारीले परिमार्जित सो मस्यौदामा भोलिदेखि तीनदिनसम्म लगातार छलफल हुने भएकाले सबै सदस्यलाई छलफलमा सहभागी हुन आग्रह गरे । नियमावली परिमार्जनका लागि समितिका सदस्य रामनारायण विडारीको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको थियो । समितिको बैठक भोलि बिहान ११ बजे बस्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ