'देशलाई फेरि लोडसेडिङ्गको युगमा लैजाने षडयन्त्र शुरु'
प्रकाशित २०७५ चैत २५ सोमबार
376
Shares
काठमाडौं। देशमा लोडसेडिङ पुन: गराउँन एक समूह लागिरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। देशलाई फेरि लोडसेडिङ्गको युगमा लाने प्रयास भैरहेको उनले बताए।
प्राधिकरणको केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन गर्दै आफ्नो छवी धुमिल्याउने प्रयास भैरहेको पनि घिसिङले बताए। उनले आफुले नलिएको भत्तालाई लिएको भन्दै केही संचार माध्यममा समाचार आएको र उक्त समाचारहरु प्रायोजित रहेको बताए।
पहिला प्रधिकरणलाई डुबाउने खलेमा लागेकाहरुबाटै फेरि आक्रमण शुरु भएको घिसिङको भनाई थियो। यसरी अनर्गल प्रचार गर्ने र षडयन्त्र गर्ने बिरुद्ध कारवाही गर्ने पनि उनले बताए।
पहिला लोडसेडिङ कसरी भयो र को-को समलग्न थिए त्यसको सबै प्रमाण आफुसँग रहेको र आफु कारवाही गर्न पछि नपर्ने घिसिङको उद्घोष थियो।
उज्यालो नेपालको परिकल्पना पुरा गर्न आफु लगायत टिम लागिरहेको बेला आफ्नो तेजोबोध गर्ने कुरा पाच्य नहुने उनले बताएका छन्।