arrow

चैत २६ पनि बिर्सिइँदै

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
janaaandolan.jpg

काठमाडौं । २०६२–६३ को जनआन्दोलनसम्म निकै सम्झनामा रहेको चैत २६ को दिन बिस्तारै विस्मृतितिर धकेलिँदै गइरहेको छ । 

२०४६ साल चैत २६ गते तत्कालीन राजा वीरेन्द्र शाहले जनतालाई बहुदलसहितको प्रजातन्त्र दिएका थिए । लामो समयसम्म तत्कालीन दलहरुले गरेको जनआन्दोलनपछि मुलुकले बहुदल पाएको थियो । 

वीरेन्द्रले राजसंस्था नै खतरामा पर्न सक्ने देखेपछि बहुदल स्वीकारेका थिए । तर वीरेन्द्रको वंश नै नाश हुने गरी २०५८ जेठमा दरबार हत्याकाण्ड भएपछि एकाएक माहोल बदलियो । 

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको बागडोरमात्र सम्हालेनन् २०६१ माघ १९ गते शाही शासन नै लगाए । 

त्यसपछि फेरि दलहरु एकजुट भए र २०६२–६३ को दोस्रो जनआन्दोलन गरे । १९ दिनको रस्साकस्सीपछि २०६३ बैशाख ११ गते राजाले जनताको नासो जनतालाई फिर्ता दिए । 

जसरी ज्ञानेन्द्रले सत्ता हत्याएका थिए त्यसरी नै राजसंस्थालाई पनि २०६४ को निर्वाचनले फाल्यो । 

लोकतन्त्र आयो । यो लोकतन्त्रले बहुदललाई बिर्सियो । चैत २६ लाई बिर्सियो । 

परिवर्तनलाई सदूपयोग नगर्दा मुलुकले कुन रुप लिन्छ भन्ने पत्तो लगाउन कठिन पर्छ भनेझैं अहिले लोकतन्त्रको गति त्यस्तै भइरहेको छ । 

यो कहाँ गएर रोकिन्छ भन्ने पत्तो छैन । तर एक जना राजनीतिक विष्लेषकको मनोदशा पढ्न खोज्दा उनले भनेका थिए, ‘अब विप्लव नेकपालाई प्रतिवन्ध लगाएपछि लोकतन्त्रको हैसियत उच्च भएको छ । यो लोकतन्त्र दलहरुलाई प्रतिवन्ध लगाउने भइसकेको छ । यसले पञ्चायतलाई पनि माथ दिन सक्छ । अब फेरि २००७ साल ल्याउनु पर्ने अवस्था छ ।’

समयले बैशाख ११ लाई बिर्साएको छ । प्रजातन्त्र दिवस फागुन ७ लाई बिर्साएको छ । गणतन्त्र आएको दिन जेठ १५ लाई बिर्साउँदै गएको छ । चैत २६ त निकै पछाडि छोडिइसक्यो । कतै मुलुकले अर्को मितिको खोजी गरिरहेको त छैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ