arrow

अस्पतालमा बालकको मृत्यु, इमर्जेन्सीमा चिकित्सक नआएको भन्दै आफन्तले बुझेनन् शव

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत २६ मंगलबार
balak1.jpg

 बुटवल।  रुपन्देहीको बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा उपचारको क्रममा बालकको मृत्यु भएको छ । सोमबार साँझ बुटवल उपमहानगरपालिका ११ का नारायण दर्लामीका दश महिनाका छोरा ओमको मृत्यु भएको हो ।

समयमै चिकित्सव उपचारमा नआउँदा बालकको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । अस्पताल पुर्‍याएको एक घण्टामै बालकको मृत्यु भएको थियो ।

अस्पतालका चिकित्सक डा. सन्तोष पोखरेलले वान्ता सर्केर मृत्यु भएको हुन सक्ने बताए । उनले भने, ‘हामीले बिरामीलाई आउँदा वित्तिकै सिरिन्जबाट औषधि दिएका थियौं । तर, निमोनिया भएको बच्चा रहेछ । वान्ता गर्दा सर्केर हुन सक्छ । केही बच्चालाई वान्ता सर्किँदा त्यस्तो हुनु सक्छ ।’

बालकलाई आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालले भैरहवास्थित मेडिकल कलेज रिफर गरेको थियो । मेडिकल कलेजले फेरि बालकलाई अम्दामा रिफर गरेको थियो ।

बालकका आफन्तले डा. सन्तोष पोखरेललाई एकपटक तिलोत्तमा हस्टिलमा देखाएर आम्दा लैजान सुझाव दिएपछि बालकलाई तिलोत्तमा हस्टिलमा चेक गराउँदा पोखरेलले अम्दामा लगेर भर्ना गर्न भनेपछि आम्दा पुर्‍याइएको थियो ।

इमर्जेन्सीमा पुर्‍याएको एक घण्टासम्म पनि चिकित्सक नाउँदा बालकको मृत्यु भएको बुबा नारायणले बताए । बालकका आफन्तले शव बुझ्न मानेका छैनन् ।  उनीहरूले समयमै डाक्टर नआउँदा बालकको ज्यान गएकाले घटनाको छानविन गर्न माग गरेका छन् । डा. पोखरेलले आफूहरूको कुनै गल्ती नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ