बिस्कुट बोकेको ट्रकले मोटरसाइकललाई दियो ठक्कर, तीन जनाको घटनास्थलमै मृत्यु
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत २६ मंगलबार
830
Shares
सिरहा । सिरहा जिल्लाको लहानमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ । ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरति दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार तीनै जनाको घटना स्थलमै मुत्यु भएको हो ।
मंगलबार लहान नगरपालिका वडा नम्बर १३ भोटियाटोल चौक नजिक पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिामतर्फ बिस्कुट बोकि जादै गरेको फुलडाला ट्रकले विपरति दिशाबाट आईरहेको १२५ सी सी को डिस्कोभर मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार तीनै जनाको घटना स्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा लहान नगरपालिका वडा नम्बर ४ बस्ने भोला सहनीका २६ वर्षे छोरा कृष्णा सहनी, शिवनाथ सहनीका २६ बर्षे छोरा शिव कुमार सहनी र छेदी मण्डलका २५ वर्षे छोरा मनोज मण्डलको घटना स्थलमै मृत्यु भएका ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
शव पोष्टमार्डमको लागी लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएका हुन्। ठक्कर दिएको गाडी र गाडी चालक सिन्धुपाल्चोक जिल्ला बारबिसे नगरपालिका वडा नम्बर ७ बस्ने नर बहादुर देउजाको छोरा वर्ष २९ बर्षीय ध्रुव देउजालाई ईलाका प्रहरी कार्यालय धनगढीको नियंत्रणमा राखिएका छन । मोटरसाईलक ईलाका प्रहरी कार्यालय लहानको नियंत्रणमा रहेको प्रहरीले जनाएको छ ।