arrow

हावाहुरी पिडितलाई हेफरद्वारा राहत वितरण

logo
मुकेश यादव,
प्रकाशित २०७५ चैत २६ मंगलबार
rahat3.jpg

बारा । महागढीमाई नगरपालिका र देवताल गांउपालिकामा मंगलबार स्थानीय बासिन्दाको भिड देखिएको थियो, त्यो भिड कुनै छलफल, कुनै कार्यक्रमको नभई राहत लिने पिडितहरूको भिड थियो ।
 
जनजागरण युवा क्लब (जेजेवाईसी) बाराको समन्वयमा हेफर ईन्टरनेशनल नेपालले हावाहुरीबाट पिडामा परेका पिडितहरूलाई राहत वितरणमा देखिएको भिड थियो  ।हावाहुरीको भुमरीबाट पिडित बन्न पुगेका बृद्ध, बृद्धा, युवक, किशोर किशोरी, बालबालिकाहरू राहत लिनको लागि लागेको लामको भिड रहेको थियो ।

 पिडितहरूले हेफरले वितरण गरेको राहत सामाग्रीलाई बालबालिका देखि बृद्ध-बृद्धाहरूले किैले, चामल त कसैले म्याट बोकेर घर तर्फ गईरहेका थिए । पिडितहरूको एउटै आश थियो राहत जुन हेफरले उपलब्ध गराएपछि उनीहरू आ-आफनो टेन्ट तिर गएका थिए । पिडितहरूले चामल, दाल, चिउरा, नुन, चाउचाउको कार्टुन, सोयाबिन, खानेतेल, त्रिपाल, झुल, टर्चलाईट लगायतका सामाग्री एक हांतमा म्याट, टाउकोमा चामल लिएका थिए भने अर्को हातमा त्रिपाल सहित घर गईरहेका थिए ।

 त्यहा राहत बांडनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गरिरहेका थिए । हावाहुरीको बवण्डरले जनधनको क्षति सहित घर समेत पुर्ण रूपमा क्षतिग्रस्त बनाएपछि पांच सय ५० घर परिवारलाई राहत सामाग्री वितरण गर्न लागिएको हेफर ईन्टरनेशनल नेपालका सह निर्देशक दुर्गाबहादुर केसीले बताए । प्रत्येक परिवारलाई ५० किलो चामल, तीन किलो दाल, १० किलो चिउरा, दुई कार्टुन चाउचाउ, एक लिटर खाने तेल, दुई थान झुल, दुई थान तन्ना, दुई थान टर्चलाईट लगायतका प्रतिव्यक्ति १० हजार आठ सय नौ रूपैयाँ पचास पैसा बराबरको राहत सामाग्री रहेको ईटहरी क्षेत्रीय कार्यालयका प्रबन्धक दिपेश पोख्रेलले बताए ।

 हावाहुरीले बवण्डर मच्चाएपछि राहतको लागि हेफर ईन्टरनेशनल नेपाललाई आग्रह गरेपछि वहांहरूले आज आएर पिडितहरूको घरदैलोमा पुगेर राहत वितरण गरी पिडितहरूको घाउमा मल्हम लगाउनु भएको जनजागरण युवा क्लब (जेजेवाईसी) बाराका अध्यक्ष भैयाराम यादवले बताए । महागढीमाई नगरपालिका र देवताल गांउपालिकाकामा राहत वितरण गरिएको र सुवर्ण गाउँपालिकाको एक सय ५८ पिडित घरधुरीलाई बुधबार वितरण गर्ने जेजेवाईसीका अध्यक्ष यादवले बताए ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ