arrow

३ वर्षीया बालिका दुर्व्यवहार गर्ने १५ वर्षीय बालकलाई नौ महीना जेलसजाय

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
prisoner-jail.jpg

गाईघाट ।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा एक तीन वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महीनाको जेलसजाय फैसला गरेको छ ।

मङ्गलबार जिल्ला न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुर्व्यवहार गर्ने १५ वर्षीय बालकलाई नौ महीनाको जेलसजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए।

विसं २०७५ भदौ ३० गते बालकले एक तीन वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेपछि पीडितको अभिभावकको उजुरीमा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बालक विरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहार विरुद्ध मुद्दा चले पनि रु ५० हजार धरौटीमा बाल तारेखमा रिहा भएका थिए ।

तर मङ्गलबार जिल्ला अदालतले बालकलाई नौ महीना जेलसजायको फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २२५ (१) का अनुसार यौन दुर्व्यवहार गर्ने विरुद्ध डेढवर्ष जेलसजाय हुने प्रावधान रहेको र उक्त १५ वर्षीय अभियुक्त बालक भएका कारण आधा सजाय हुनेगरी नौ महीना जेल सजाय तोकेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ । बालकलाई सजाय भुक्तानी गराउन नौ महीना सुधार गृहमा पठाइने पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ