arrow

दुर्घटनामा पोखरेली सङ्गीतकर्मी थुलुङको निधन

logo
रासस,
प्रकाशित २०७५ चैत २८ बिहिबार
accident-final.jpeg

कास्की। दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा परी निधन भएको भएको छ। बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उनी सवार ग१२प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि थुलुङ सेती नहरमा खसेको र साढे १० बजे पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट वडा प्रहरी कार्यालय रामबजारको टोलीले उद्धार गरेको थियो।

प्रहरीले उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ। स्कुटरमा सँगै रहेकी उनकी श्रीमती भने सकुशल छिन्। ५० वर्षीय थुलुङको निधनपछि पोखरेली सङ्गीतकर्मी शोकमा छन्। थुलुङले तराना म्युजिक सेन्टर नामक सङ्गीत प्रशिक्षण केन्द्र सञ्चालन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ