arrow

चिकित्सकका माग उपयुक्त छैनन् : मन्त्री पण्डित

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
Lalbabu-Pandit.jpg.jpeg

धनगढी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको विषयलाई लिएर चिकित्सकले उठाएका माग उपयुक्त नभएको बताएका छन् ।

प्रेस क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “चिकित्सकका माग संविधान र सङ्घीयता विरोधी छन् ।” कर्मचारीका जायज मागप्रति भने सरकार गम्भीर रहेको उनले बताए ।

मन्त्री पण्डितले समायोजनका विषयमा कर्मचारीले गरेका गुनासाका बारेमा छानबिन भइरहेको जानकारी दिए।

कर्मचारी व्यवस्थापनको काम पूरा गरेर सरकारले आफ्ना काममा गति ल्याउन चाहेको उनको भनाइ थियो । मन्त्री पण्डितले चालू आर्थिक वर्षमा जनशक्ति व्यवस्थापनको सबै काम सम्पन्न गरिसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ