arrow

देउवाको आरोप 'प्राज्ञिक क्षेत्रमा सरकारले हस्तक्षेप गर्यो' 

logo
प्रकाशित २०७५ चैत ३० शनिबार
deuba--nc-congress-1.jpg

धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्राज्ञिक क्षेत्रलाई आफूखुशी नियन्त्रणमा राखेर हस्तक्षेप गरेको आरोप लगाएका छन् । 

प्रजातन्त्रवादी प्राध्यापकको आज यहाँ भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले नियुक्त गरेका सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीलाई अहिलेको सरकारले विनाकारण हटाएको बताए ।

सभापति देउवाले भने, “सरकारी हस्तक्षेपका विरुद्ध प्राध्यापकले गर्ने गतिविधिमा पार्टीले सहयोग गर्नेछ ।” सो अवसरमा विभिन्न व्यक्तिलाई सभापति देउवाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । क्षेत्रीय भेलाले प्राध्यापकको नयाँ क्षेत्रीय कार्यसमिति गठन गर्ने जनाइएको छ ।

            
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ