arrow

सरकारले सरकारी डाक्टरसंग माग्यो १५ दिनको समय,  आन्दोलन स्थगन

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
Become-a-Medical-Doctor.jpg

काठमाडौं । सरकारी डाक्टरका माग पूरा गर्न सरकारले १५ दिनको समय मागेपछि उनीहरुले  आन्दोलन स्थगन गरेका छन् । 

कर्मचारी समायोजनका विषयमा असहमति राख्दै आन्दोलनरत सरकारी डाक्टरका माग पूरा गर्न सरकारले १५ दिनको समय माग गरेपछि उनीहरुले आन्दोलन स्थगन गरेका हुन्  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार साँझ दुई पक्षबीच भएको वार्तामा सरकारले वैशाख १५ गतेसम्मको समय माग गरेको हो ।

सरकारले १५ दिनको समय माग गरेपनि छलफलमा सहभागी केही डाक्टरले विगतमा जस्तै धोका हुने भन्दै उधारो सम्झौता नगर्ने अडान लिएका थिए । 

तर, लगातारको ओपीडि बन्दका कारण धेरै बिरामीले उपचार सेवा नपाएको र डाक्टरहरू संवेदनशील हुनुपर्छ भन्ने विषयमा छलफलमा सहभागी केही डाक्टरको माग आएपछि सरकारी चिकित्सकहरु काममा फर्कने भएका हुन् । 

छलफलमा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका दुवै सचिव डा पुष्पा चौधरी र चन्द्रकुमार घिमिरे, सहसचिवहरु महेन्द्र श्रेष्ठ र जनार्दन गुरागाईं सहभागि थिए। आन्दोलनरत चिकित्सकका तर्फबाट सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डे, उपाध्यक्ष डा सुनील पौडेल, महासचिव डा रविन खड्का, नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्ति श्रेष्ठ लगायत उपस्थित थिए ।

डाक्टरले १५ दिनभित्र पनि माग पूरा नभए थप कडा आन्दोलनको चेतावनी दिएका छन् ।

सरकारी डाक्टरले आफूहरुलाई संघ माताहत राखेर आवश्यकता अनुसार देशका जुनसुकै कुनामा रहेका स्वास्थ्य संस्थामा खटाउन माग गरेका छन् । 

सरकारी डाक्टरले एक सातादेखि अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ