समिट एयर विमान दुर्घटनामा ज्यान गुमाउनेको नाम खुल्यो
प्रकाशित २०७६ वैशाख १ आइतबार
1.1k
Shares
सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिए ।
लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार विमानमा चालक र सहचालक मात्रै रहेका थिए ।
विमानस्थलमै खटिएका अर्का सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।