arrow

काठमाडौं र पोखराको उत्तरी भेगमा वर्षाको सम्भावना

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
weather_news.JPG

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका भन्दा उत्तरतर्फ तथा पोखराको उत्तरतर्फ वर्षा हुनसक्ने अनुमान गरेको छ । महाशाखाले आइतबार दिउँसो  गरेको मौसमको पूर्वानुमान अनुसार अहिले काठमाडौँ उपत्यका भन्दा उत्तरतर्फ तथा पोखराको उत्तरतर्फका स्थानहरुमा मेघ गर्जन, चत्यांग र हुरी बतास सहित वर्षा गराउने वादल विकशित भैरहेको देखिन्छ

यस अघि शनिबार राती महाशाखाले देशको पश्चिमी पहाड तथा  मध्यका क्षेत्रका अधिकांश भूभागहरुमा मेग गर्जन सहित वर्षा गराउने बादल बिकसित भई  मेग गर्जन भैरहेको बताएको थियो ।

पछिल्ला दिनहरुमा काठमाडौं र देशभर मौसमले एक पछि अर्काे खतराको संकेत गरिरहेको छ। धेरैजसो ठाउँमा मौसम बदली भएको छ । केही स्थानमा बर्षा भएको छ । अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलिरहेको छ। 

केही समयपछि केही ठाउँमा सुधार हुने समेत महाशाखाले जनाउँदै आएको भएपनि मौसमले भने सधैं झुक्क्याइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ