चैते दशैँ मनाउन माइती पुगेकी युवतीको चट्याङ लागेर मृत्यु
प्रकाशित २०७६ वैशाख १ आइतबार
569
Shares
दमौली । चट्याङ लागेर तनहुँमा शनिबार राति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–१० लोकदीटारकी २४ वर्षीया भूमिका खत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
चैते दशैँ मनाउन माइती घर पुगेकी उनलाई चट्याङ लागेको थियो । सोही वडाको मीनामखानी माइती घर पुगेकी उनी शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित ज्ञानबगैँचा बोर्डिङ स्कुलमा शिक्षिका थिइन् ।