घरमै चियापान गराउँदै कमल थापाले भने –सबैभन्दा माथि देश
प्रकाशित २०७६ वैशाख २ सोमबार
202
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय एकता, अखण्डता र स्वाधीनता कुनै पनि वाद, बिचार वा ब्यबस्था भन्दा माथि हुनु पर्ने बताएका छन् ।
नयाँ बर्षको अबसरमा बुढानिलकण्ठस्थित आफ्नै निवासमा आइतबार आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले मुलुकमा ब्याप्त रहेको बेथिति, बिसङ्गति, कुशासन र भ्रष्टाचारको अन्त्य अहिलेको प्रमुख आबश्यकताको बिषय रहेको बताए ।
नयाँ बर्षले मुलुकलाई सकारात्मक दिशा तर्फ लैजान सकोस् भन्ने शुभकामना प्रकट गर्दै थापाले सबैले ठुलो र फराकोलो छातिका साथ सबै भन्दा माथी देशलाई राख्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय मुलुकको गौरबशाली ईतिहासमाथि प्रश्न चिन्ह उठिरहेको भन्दै थापाले धर्म, सस्कृती र पहिचानको निमित्त एकपटक सबै नेपाली जुरुक्क उठ्नुपर्ने थापाको तर्क थियो ।
नेपाल मौलिक पहिचान र सास्कृतिक बिबिधताको दृष्टिकोणले सम्पन्न भएको भन्दै उनले ईतिहास रक्षा गर्न नसकिए मुकुकको प्रगती पनि हुन नसक्ने तर्फ सचेत गराए ।
काठमाडौंमा उपलब्ध केन्द्रिय पदाधिकारी सदस्यहरु, जनबर्गिय संगठनका नेताहरु, बिभागिय प्रमुखहरु , काठमाडौं , ललितपुर र भक्तपुर कार्यसमितिका नेताहरुलाई उपस्थित कार्यक्रममा थापाले नयाँ बर्ष राप्रपाको निमित्त संगठन निर्माण र संघर्षको बर्ष भएको बताए ।
राप्रपाद्वारा जारी आन्दोलनका क्रममा घाईते कार्यकर्ताहरुलाई पनि चियापानको निमित्त थापा निवास बोलाईएको थियो । घाइतेहरुको स्वास्थबारे चासो राख्दै थापाले ठट्यौली पारामा भने –चाँडै तयार हुनोस्, निर्णायक समय आउँदैछ ।
संक्षिप्त मन्तव्य ब्यक्त गरेका थापाले चियापानको शुरूवात चाहिँ वरिष्ठ नेता दिपक बोहरालाई चिया लिन लगाएर गरे । कार्यक्रममा पार्टीका नेताहरु बुद्धिमान तामाङ , राजिब पराजुली, टंक ढकाल, तोरण गुरुङ , रोसन कार्की, दिलबिकास राजभण्डारी, बिक्रम बहादुर थापा, भास्कर भद्रा, उद्धब पौडेल , भुवन पाठक, निलकण्ठ काफ्ले, हेमजङ्ग गुरुङ ,लगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
नयाँ बर्षको अबसरमा अध्यक्ष थापाद्वारा अब हरेक साल नियमित रुपमा चियापान आयोजना गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।