arrow

पौडी खेल्न गएका किशोरको पोखरीमा डुबेर मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
water-kill.jpg

भरतपुर । पोखरीमा डुबेर सोमबार एक किशोरको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका–६ ओरालो घोलस्थित पोखरीमा डुबेर सोही स्थान बस्ने राजेश न्यौपानेका १३ वर्षीय छोरा सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो १२ बजे पोखरीमा डुबेका थिए । उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ