ट्राफिक प्रहरीद्वारा सवारी प्रदूषणको छड्के जाँच, आधा भन्दा बढी फेल 

प्रकाशित मिति : २०७६ बैशाख २ सोमबार
तस्वीर : ट्राफिक महाशाखा

काठमाडौं । ट्राफिक प्रहरीले सवारीको प्रदूषणको छड्के जाँच गरेको छ । राष्ट्राफिक प्रहरीको टोलीले सोमबार काठमाडौंको बानेश्वरमा प्रदुषणको छड्के जाँचको क्रममा आधा भन्दा धेरै सवारीको प्रदूषणको सीमा बढी रहेको भेटिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बानेश्वर, मिनभवनमा ट्राफिक प्रहरीले कूल ७१ वटा सवारी साधनहरुलाई प्रदुषण चेक जाँच गर्दा ३९ वटा सवारी फेल भएका छन्। फेल भएका सवारी साधनहरुलाई कानून बमोजिम कारबाही समेत गरिसकिएको महाशाखाले जनाएको छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ