arrow

विष्णु पौडेललाई जग्गा किन्न नेविसंघ काभ्रेले पठायो ६७३ रुपैयाँ

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
NSU_kavre.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ काभ्रेले नेकपाका महासचिव विष्णु पौडेललाई जग्गा किन्नको लागि रकम संकलन गरेको छ । जिल्ला शाखा कार्यालयको अघुवाईमा आयोजना गरेको रकम संकलन गरेर नेकपाको कार्यालयमा पठाएको हो । 

सरकारको नाममा रहेको बालुवाटारको १४७ रोपनी जग्गाको विवादमा विष्णु पौडेलको नाम जोडिएपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पोडेल ठगिएको भन्ने अभिव्यक्ति दिएका थिए। पौडेल सरकारी जग्गा हिनामिना गर्ने प्रयासमा लाग्दा ठगिएकोले उनलाई सहानुभूति स्वरुप आर्थिक सहायता संकलनको अभियान नेविसंघले चलाएको थियो । 

नेविसंघ काभ्रेले विभिन्न सर्वसाधारणहरुसँग विष्णु पौडेलको जग्गा किन्नको लागि भने प्रति व्यक्ति १ रुपैयाँको दरमा सहायता संकलन गरेको थियो । सो क्रममा ६ सय ७३ रुपैयाँ संकलन भएको विद्यार्थी नेता विद्या सागर तामाङले जानकारी दिए । उनले त्यो पैसा खामबन्दी गरेर नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीको ठेगानामा हुलाक मार्फत् पठाईएको समेत जानकारी दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ