arrow

मौसमले धोका देला ख्याल राखौं, यस्तो छ पूर्वानुमान

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
weather2.jpg

काठमाडौं । मौसममा आएको उतारचढावले जनजीवनलाई असर पार्दै आएको छ । छिनमै वर्षा हुने, छिनमै हावाहुरी लाग्ने र छिनमै मेघ गर्जन हुने गर्दा मौसमले धोका दिँदै आएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशैभरि सामान्यदेखि पूर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा र असिना पानीको संभावना रहेको बताएको छ । 

त्यसैगरी देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

महाशाखाले राति पनि देशैभरि सामान्य बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्याङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा रअसिना पानीको संभावना रहेको जनाएको छ ।

त्यस्तै तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको, उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ५ गते (बिहीबार)

दिउँसोः देशै भरि आंशिकदेखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

रातिस् देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

बैशाख ६ गते (शुक्रबार)

दिउँसोः देशका पहाडि भूभागहरुमा आंशिक देखि सामान्य बदली र तराईका भूभागहरुमा आंशिक बदलि रहनेछ। पश्चिमी भुभागका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली र अन्य भूभागमा सामान्यतया सफा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ