arrow

कामना पब्लिकेसनका प्रधानसम्पादक श्रेष्ठको निधन 

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
puskar_lal_shrestha.jpg

काठमाडौं । नेपाल समाचार पत्रका प्रधान सम्पादक पुस्करलाल श्रेष्ठको निधन भएको छ । पाँच महिनासम्म नाक र मृगौला रोगबाट पीडित भएका श्रेष्ठको उपचारको क्रममा बुधबार निधन भएको कामना प्रकाशन प्रालिले जनाएको छ । श्रेष्ठको विहान ११ बजेर ५९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई दिउँसो १ बजे काठमाडौंको भुगोल पार्कमा राखिएको छ । 

सन् १९८४ मा कामना फिल्म म्यागाजिनबाट सम्पादकको क्षेत्रमा प्रवेश गरेका उनी सोही पत्रिकाको सम्पादक, राष्ट्रिय दैनिक नेपाल समाचारपत्रको सम्पादक, साधना स्वास्थ्य मासिकको प्रधानसम्पादक समेत भएर पत्रकारिता क्षेत्रमा सक्रिया थिए । उनी कामना प्रकाशन, नेपाल मिडिया सोसाईटी, अन्तराष्ट्रिय प्रेस इन्स्टिच्यूटको नेपाल च्याप्टर समिति लगायत संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । साथै, नेपाल सम्पादक समाज, नेपाल प्रेस इन्स्टिच्युट, नेपाल प्रेस क्लब, नेपाल सार्क पत्रकार फोरम जस्ता संस्थाहरुमा समेत श्रेष्ठ कार्यकारी सदस्यको रुपमा रहेका थिए । 

श्रेष्ठलाई करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै उनमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको र काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ