arrow

प्रकृतिको शुद्धीकरणको लागि वैदिक विधिद्वारा महायज्ञको आयोजना

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
mahayagya_bagmati_school.jpg

काठमाडौं । नेपाल आर्य समाज र बाग्मती बोर्डिङ स्कूलको संयुक्त आयोजनामा वैदिक महायज्ञ सम्पन्न भएको छ । स्वामी विवेकानन्दले सुरुवात गरेको आर्य समाज र पूर्वीय परम्पराको संरक्षणको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको वागमती स्कूलको संयुक्त आयोजनामा वैदिक विधिद्वारा महायज्ञ सम्पन्न भएको हो। 

तामाको भाँडाबाट बनेका विभिन्न ४८ वटा कुम्भहरु सहित गरिएको महायज्ञको उद्देश्य प्रकृतिलाई शुद्धीकरण गर्नु रहेको वागमती बोर्डिङ स्कूलका अध्यक्ष तथा संस्थापक सुरेन्द्र सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार शुक्ल यजुर्वेदको कर्मकाण्डी शैलीमा नभई बैदिक कालमा जस्तै गरी शुद्ध बैदिक मन्त्रहरुको उच्चाहरणद्वारा यस्तो यज्ञ गरिएको थियो । 

जसमा रुद्राक्षको समिदामा श्रीखण्ड, जस्ता विभिन्न सुगन्धित पदार्थहरुको चरु बनाएर होमिएको थियो । जुन यज्ञमा शुद्ध गाइको घिउमा चरु राखेर होम गरिन्छ । त्यसमा वेदमा आधारित हो र शुक्ल यजुर्वेदका मन्त्रमा आधारित होईन । सिटौलाले यसरी यज्ञ गरिँदा विज्ञानलाई ज्ञानमा परिणत गर्न सकिने समेत जानकारी दिए । नयाँ यज्ञ सहित नयाँ वर्षको सुरुवात गरिएको समेत सिटौलाले जानकारी दिएका छन् । 

सिटौलाका अनुसार कूल १२ वटा कुण्डमा प्रत्येकमा ४÷४ वटा तामाका भाँडाहरु सहित गर्दा कूल ४८ वटा भाँडाहरुलाई कुम्भको रुपमा राखिएको थियो । महायज्ञमा पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, राधाकृष्ण मैनाली, रामहरि खतिवडा लगायतको समेत उपस्थिति रहेको थियो । उनीहरुले पनि सो महायज्ञपति प्रसाद ग्रहण गरेर फर्किएका थिए । 

महायज्ञमा ४८ जोडी बृद्धबृद्धाहरुले पुजा गरेका थिए । वागमती स्कूलले धर्म र संस्कृति बचाउनको लागि विद्यार्थीहरुलाई समेत यस सम्बन्धि विभिन्न ज्ञानहरु दिँदै आएको बताएको छ । साथै स्कूलले लोकबाजा समेत बजाउने बिद्याथीहरुलाई सिकाउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ