arrow

आउदो चुनावमा जनताले नेकपालाई देखाई दिन्छन् : देउवा

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७६ वैशाख ४ बुधबार
deubas4.jpg

टीकापुर । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन लम्की–टीकापुरले शाखा कैलालीले बुधबार टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले कुखुराको अण्डामा समेत सरकारले ढाड सेक्ने गरी कर लगाएको बताए ।

नेकपाको सरकार गठन भएसंगै देशका बिभिन्न ठाउमा हत्या हिंस्सा तथा आर्थिक अनियमितताका घटनाहरु बढ्दै गएका बताउदै सभापति देउवाले आउदो चुनावमा जनताले देखाई दिने चतावनी दिए ।
 
एक अर्को प्रशंगमा पत्रकारले सोधेको प्रश्नमा सभापति देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भइरहेको आरोप लगाए । ‘वर्तमान पार्टी सभापतिलाई अधिवेशनको मुखमा नराम्रो भन्ने नै भए’ उनले भने–‘मलाई नराम्रो भन्ने मात्रै हैन पार्टी सभापति लड्न पनि छुट छ।’

देउवाले आगामी पार्टी अधिवेशनपछि आन्तरिक गुटबन्दीको अन्त्य हुने बताए। भातृ संगठन अस्तव्यस्त बनेको प्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा त्यस्तो अवस्था नभएको र चाँडै सुधार हुने जिकिर गरे ।

प्रतिपक्षको भूमिका आगो लगाउने, रेलिङ भाँच्ने मात्रै नभएकाले आफ्नो पार्टीले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको देउवाको भनाई थियो। उनले वर्तमान सरकारलाई कांग्रेसले चुनावबाटै प्रतिस्थापन गर्ने दावी जिकिर गरे।

टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सबैको सहयोगको खाँचो रहेको औल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ