- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ। सशस्त्र द्धन्द्धले दिएको घाउ बोकेका घर र परिवारबाट बिछोडिएका एक किशोर बझाङको खप्तड छान्ना गाउँपालिकामा भौतारी रहेका छन् । करिब ५ बर्षको उमेरमा बिस्थापित परिवारसंगै घर छोडेर हिडेका उनलाई आफ्नो घर रोल्पा भन्ने बाहेक अरु केहि थाहा छैन । करिब ५ बर्षको उमेरमा बुवाकोपछि लागेर हिडेका उनलाई कुन घुम्तीमा परिवार बिछोडियो त्यो पनि जानकारी छैन ।
अहिले २७ बर्ष उमेर पुगेका ति युवालाई न बुवा आमाको नाम थाहा छ न त गाउँको नाम नै संम्झन सक्छन । उनले भने ‘सानोमा घरमा काले भन्थे , खोलाको छेउँमा घर थियो ,अलि माथि स्कुल छ । एउटी दिदि थिईन उनलाई माओवादीले मारेका हुन । उनको नाम मनकुमारी हो । एउटा भाई छ । उसको नाम तुफान सिंह हो ।’ खप्तडछन्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाको सम्पर्कमा आएका किशोरले भने ‘घर छेउँमा चिउराघाट खोला थियो । त्यसैमा बाबाले माछा मारेर ल्याउनु हुन्थ्यो ।’
अहिले ५ बर्षको उमेरमा परिबारबाट बिछोडिए पछि कैलालीका मजदुरहरुसंगै मजदुरी गर्दै आएका छन् । बझाङको खप्तड छान्ना गाउँपालिकामा निर्माण हुन लागेको गाउँपालिकाको भवन निर्माण कार्यमा संलग्न भई रहेका बेला खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायालाई उनले घर पत्ता लगाई दिन आग्रह गरेपछि यो कुराको खुलासा भएको हो ।
बालापनमा दुखको पहाडले थिचिएर परिवारको माया बिना हुर्किएका उनी घर फर्कन चाहान्छन् । तर घर कहाँ हो आफैेलाई थाहा छैन । मंगोलियन अनुहारका किशोर कसैले घर सम्म पुर्याईदिए हुन्थ्यो भन्ने अपेक्षामा छन् । ‘घर माथिको स्कुलमा माओवादीले सामान राखेका थिए । पछि सेना आएर जलाई दिएको थाहा छ । हिउदको समयमा घर माथि हिउ परेको देखिन्थ्यो र गाउँ भन्दा माथी स्याँउ फल्छ भन्न सम्म मात्र उनलाई सम्झना छ । अरु केहि थाहा पाउदिन ।’ ति युवाले भने म परिबार संगै बस्न चाहन्छु । रोल्पाबाट माओबादीले दाङ ल्याएको उनलाई अलि अलि सम्झना छ । त्यस पछि बिचमा भागेर गाडीमा अत्तरिया आएर कैलालीमा मजदुरी गरि रहेका हरु संग भेट भएपछि निरन्तर १८ बर्ष देखि उनी मजदुरहरु संगै मजदुरी गरि रहेका छन् ।
द्धन्द्धका समयमा राज्य पक्ष र बिद्रोहि पक्ष कसको चेपुवामा परेर कालेको परिवार बिछोडियो अनि उहाँको घर कहाँ हो । अहिले घरमा को को छन् भन्ने बारे केही खुल्न सकेको छैन् । खप्तडछन्ना अध्यक्ष बर्क बहादुर रोकायाले भने ‘रोल्पामा बिभिन्न निकाय संग समन्वय गरिरहेको छु , कतैबाट केहि कुरा आयो भने आफै लगेर परिवारको जिम्मामा लगाउने सोच बनाएको छु । परिवारबाट सानै छदा बिछोड भएका उनलाई घर पत्ता लागाई आफन्तको जिम्मा लगाउन पहल भई समेत भईरहेको छ ।
रोल्पाका पत्रकार दिनेश सुबेदीले भने, चिउराघाट खोलाको आधारमा उनको घर कता हो भन्ने बारे केही स्थानीय जनप्रतिनिधीहरु संग समन्वय गरेको छु केही दिनमा उहाँको घर कता हो , परिबार अहिले कता छन् भन्ने बारे पत्ता लाग्छ । सुबेदीले भने, रोल्पामा सशस्त्र द्धन्द्ध बेला घेरै मान्छे यसरी परिबारबाट बेपत्ता र बिस्तापित भएका छन् ।