- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुल्मी। विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्दै गुल्मीका पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीको गेटमा धर्ना दिएका छन् । सोही दफालाई आधार मानेर पटक पटक पत्रकारहरुलाई पक्राउ गर्न लागेपछि बिरोध स्वरुप आन्दोलनमा रहेको नेपाल पत्रकार माहासंघ गुल्मी शाखाका अध्यक्ष नबराज भुसालले बताए ।
नेपाल पत्रकार माहासंघ केन्द्रीय कार्यलयको आव्हान अनुसार बिहीबार दिउँसो १२ बजेदेखी १ बजेसम्म जिल्ला प्रशासन कार्यलय गुल्मीमा धर्ना दिई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत गृह मन्त्रालय र संचार तथा सुचना प्रबिधि मन्त्रालयलाई उक्त ऐनको दफा ४७ र ४८ को खारेजी माग गर्दै पत्रकार अर्जुन गिरी सहित पक्राउ गरिएका पत्रकारहरुलाई बिना शर्त रिहाईको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जस्ताको तस्तै ज्ञापन पत्रलाई संबन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।