arrow

विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पाल्पाबाट पक्राउ

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
biplab-maobadi.jpeg

पाल्पा । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महाससंघका जिल्ला अध्यक्ष टोपलाल बस्याल पक्राउ परेका छन् ।

 तानसेन नगरपालिका ९ दमकडा निवासी बस्याललाई उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । विहिबार रिब्दीकोट गाउँपालिकामा बम विष्फोट भए लगत्तै बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

 पक्राउ परेका बस्याललाई प्रहरीको नियन्त्रणमा राखि अनुसन्धान थालिएको उपरिक्षक सापकोटाले बताए । यस अघि पनि प्रहरीले अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष विजय बूढालाई पनि पक्राउ गरेको थियो ।

सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको  विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै  जिल्लास्तरका नेताहरु पक्राउ पर्न थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ