arrow

पक्राउ परेका पत्रकार गिरी साधारण तारिखमा छुटे 

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
arjun_giri1.jpg

काठमाडौं । समाचार लेखेकै कारण पक्राउ परेका पत्रकार अर्जुन गिरी साधारण तारिखमा रिहा भएका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । आदेशसँगै प्रहरीले उनलाई अदालतबाटै रिहा गरिदिएको छ। 

पोखराबाट सञ्चालन हुने ताण्डब न्युज डटकमका सम्पादक गिरिलाई प्रहरीले समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐनको दफा ४७ को प्राबधान बमोजिम पक्राउ गरेको थियो । उनलाई प्रहरीले पक्राउ गरेसँगै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पनि विभिन्न विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । 

साथै पोखराबाट प्रकाशित हुने अधिकांश पत्रिकाहरुले गिरी पक्राउको विरोधमा खाली सम्पादकीय प्रकाशित गरेका थिए । भने देशभरका पत्रकारहरुले यसको विरोधमा आन्दोलनमा उत्रिएका थिए । प्रेस काउन्सिलमा दर्ता नै नभएको अनलाईनलाई लगाउन मिल्ने विद्युतीय कारोबार ऐनको दफा ४७ को प्रावधान प्रहरीको कमजोरीका कारण दर्ता भएको अनलाईनमा समेत लागू गराउने प्रयास गरिएको थियो । यसरी प्रहरीले मनलाग्दी रुपमा पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गरेपछि यसको विरोध सुरु भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ