arrow

भाजपा र टीएमसीको झडपपछि बंगालमा अहिलेसम्मकै ठूलो केन्द्रीय प्रहरी फौज, प्रतिकारको चेतावनी

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
Bangal_election.jpg

काठमाडौं । केन्द्रको सत्तामाथि राज गर्न पाइने भएकोले चुनावी 'संग्राम' को दोस्रो चरण अहिले चलिरहेको छ । यस दौरान पश्चिम बंगालका रायगञ्जमा तृणमूल कांग्रेस (टीएमसी) र भारतीय जनता पार्टी भाजपा मिलेर चुनावकै दिन हंगामा गरेका छन् । रायगञ्जमा मतदानको समयमा बीजेपी-टीएमसी कार्यकर्ताहरुबीच भएको हिंसालाई लिएर चुनाव आयोगले सम्बन्धित निर्वाचन अधिकारीसँग रिपोर्ट माग गरेको छ। इलेक्सन कमिशनले निर्वाचन अधिकारीसँग यसको फुटेज माग गरेको छ। उता, सीपीएम प्रत्याशी मोहम्मद सलीम चढेको गाडीमाथि इस्लामपुरको इलाकामा ढुंगामुढा गरिएको छ । सीपीएमले हमलामा टीएमसीको हात रहेको आरोप लगाएको छ। 

चुनावभन्दा पहिले बीजेपीले बंगालमा हिंशाको आशंका गर्दै पूरै राज्यलाई अतिसंवेदनशील क्षेत्र घोषित गर्न माग गरिरहेको थियो । खासकुरा यो पनि हो कि सुरक्षाको कारणलाई ध्यानमा राख्दै पश्चिम बंगालमा सबै सात चरणमा  मतदान गराउन लागिएको छ । वेस्ट बंगालमा लोकसभा चुनावको बाँकी ६ चरणमा केन्द्रीय सुरक्षाबलको ४१ हजार जवानहरुलाई तैनाथ गर्ने समेत भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार राज्यमा आम चुनावमा पहिलोपटक यति धेरै संख्यामा सुरक्षाबल तैनाथ गरिएको हो । 

मोहम्मद सलीमको गाडीको सिसा फुट्यो 
सलीमको गाडीमाथि भएको ढुंगा प्रहार र कथित रूपले भएको फायरिङमा कारको शीशा फुटेको हो । घटनाको जानकारी पछि आनन-फाननमा प्रत्याशीको सुरक्षालाई मद्देनजर गर्दै प्रहरीको एउटा टुकडी घटनास्थल पुगेको छ । गडबडीको सूचना मिल्नासाथ मोहम्मद सलिम आफैं त्यस तर्फ जाँदै थिए। यही दौरान उनको सवारीमाथि हमला गरिदिएको हो । सिपीएमले यसमा टिएमसीको हात रहेको आरोप लगाएको छ ।

सुरक्षाबलहरुको विरुद्ध टीएमसी नेताको बयान 
देशभरमा जारी लोकसभा चुनावका बीच पश्चिम बंगालमा तृणमूल कांग्रेसको विधायक रत्नाघोषले केन्द्रीय सुरक्षाबललाई लिएर विवादित बयान दिएका छन् । उनले आफ्ना कार्यकर्तालाई उक्साउँदै भने कि हामी केन्द्रीय बलको पर्वाह गर्दैनौं । यदि उनीहरु ज्यादा सक्रिय भए भने म महिला मोर्चा सदस्यहरुसँग यो अनुरोध गर्दछु कि झाडु उठाएर आक्रमण गरी उनीहरुलाई भगाइदिनुस् ।' 

'बुथ क्याप्चरको कोशिश'
बीजेपीका महासचिव र रायगञ्जबाट उम्मीदवार देबश्री चौधरीले टीएमसी कार्यकर्ताहरुले बुथ क्याप्चरको कोशिश गरेको आरोप लगाएका छन् । उनले भनेका छन् कि, 'टीएमसी कार्यकर्ता बुथ क्याप्चरिङ्गको कोशिसमा छन् । उनीहरु मुसलमानहरुकहाँ गएर यसबारेमा क्याम्पियनिङ गरिरहेको आरोप समेत लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ