arrow

प्रदीप पौडेलको अपील 

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
pradip-poudel-congress.jpg.jpeg

तनहुँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताए । 
     
निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए । उनले भने, “युवालाई आत्मनिर्भर बनाउन स्वदेशमै बसेर काम गर्ने वातावरण मिलाउनुपर्छ ।”     
     
देश समृद्धि बनाउन युवा शक्तिलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने उनको भनाइ थियो । युवाले गर्ने काममा आफ्नोतर्फबाट सहयोग गर्न पछि नहट्ने भन्दै स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ