arrow

सरकारी जग्गा हडपिरहँदा कांग्रेस के हेरेर बसेको छ ? 

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेलामा मुलुकभर भू–माफिया बढेका छन । यसभित्र झण्डै ५ हजार माफिया सहभागी भएको तथ्यांक बाहिर आएको छ । 

उनीहरुले मुलुकका झण्डै १८ सय रोपनी जग्गा हडपेका छन् । सरकारकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले समेत बालुवाटारको सरकारी जग्गा गरिद गरेको काण्ड सार्वजनिक भएको छ । 

पौडेल पीडित भए भनेर सरकारले नै राहत दिन्छ कि जस्तो पनि गरिरहेको छ । अर्कातिर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले पौडेललाई राहत दिनका लागि भन्दै ब्यङ्ग्यात्मक शैलीमा एक एक रुपैयाँ चन्दा समेत उठाएर सरकारलाई पठाउने काम गरिरहेका छन् । 

बालुवाटरको सरकारी जग्गासमेत नछाड्ने भू–माफियाविरुद्ध काँग्रेस सशक्त ढंगले कार्वाही गर्नुपर्छ भन्ने अडानमा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । 

उनले भनेका छन्, ‘काँग्रेस चुप लागेर बसेको छैन काँग्रेसले पत्रकार सम्मेलन नै गरेर त्यस्ता भू–माफियालाई कार्वाही गर्नुपर्छ भनिरहेको छ ।’

उनले स्पष्ट पार्दै भने, ‘बैशाख २ गते पार्टी कार्यालयमा उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा प्रकाशशरण महत ज्यूलाई राखेर पत्रकार सम्मेलन गर्दै हामीले बालुवाटारका भू–माफियाको विरोधमा बोलेका छौं ।’

उनले अगाडि थपे, ‘एक वर्षमा सरकारको कामको मूल्यांकन सार्वजनिक गर्ने क्रममै हामीले विरोध गरेका छौं । सरकारले रमिता हेरेर बसेको छ । बेथिति बढेको छ । यस्ता भूमाफियालाई तत्काल कार्वाही होस् ।’

प्रवक्ता शर्माले भने, ‘सरकारको दायित्व सरकारी सम्पत्ति बचाउनु पनि हो । यसको कार्वाही प्रक्रिया तत्काल सरकारले अपनाओस् ।’

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ