arrow

सभापति ज्यू विधान खोइ ? 

विवादित विधान कसले बाँड्ला ? 

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसले बैशाख ११ गतेदेखि हुने राष्ट्रिय जागरण अभियानमा विधान पनि जनजनलाई बुझाउने निर्णय लिएको छ । 

तर अहिलेसम्म विधान भने तयार नै भएको छैन । हुनत काँग्रेसभित्र पार्टीको विधानलाई लिएर विवाद छ । बहुमतका आधारमा केन्द्रीय समितिले पारित गरे पनि यो महासमिति बैठकको म्यान्डेटको विरुद्धमा गएको भन्दै जिल्ला सभापतिहरुले विरोध गरेका थिए ।  

काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले यसलाई सामान्य रुपमा लिएको बताउँदै आएका छन् । 

महासमितिमा केन्द्रमा आउनका लागि सुरुको तहदेखि नै निर्वाचित भएर आउनु पर्ने र समावेशीमा एक पटकभन्दा बढी अवसर दिन नहुने विषयमा सहमति भएको थियो । 

केन्द्रीय समितिले यो विषयलाई उल्टाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले नोट अफ डिसेन्ट लेखेको थियो । 

तर यसलाई देउवा पक्षले सामान्य रुपमा लिएको छ । उसका अनुसार महासमितिले नसकेपछि केन्द्रीय समितिले पारित गर्ने निर्णय भएअनुसार नै गरिएको र बहुमत पनि नराम्रो हैन । 

जिल्ला सभापतिहरुले अर्ली महाधिवेशनको चेतावनी दिइरहे पनि देउवाले महासमितिले विधानको टुंगो लगाउने जिम्मा केन्द्रीय समितिलाई दिएकाले केन्द्रीय समितिले तयार पारेको बताएका छन् । 

उनले उल्टै जिल्ला सभापतिहरुलाई अर्ली महाधिवेशनको विषय अगाडि ल्याउन चेतावनी दिएका छन् । यो विवाद रहे पनि अभियानकै बेलामा विधान पनि लैजानु पर्ने भएपछि अहिले विधान प्रकाशित हुँदैछ । 

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही दिनअघि मात्रै विधान प्रेसमा गएको छ । 

अभियानका लागि लैजाने भएपछि हतार हतार गरेर विधान छापिन लागेको हो । 

पौडेलले भने, ‘प्रेसमा गएको चार पाँच दिन भएको छ । त्यसका प्रुप हेर्दा समय खर्च भयो । केही दिनमै तयार भएर आउँछ ।’

विवादित विधान कसले बाँड्ला ?
विधानमा रहेका केही बुँदामा आपत्ति रहेसंगै सबै जिल्ला सभापतिहरुले विधान बाँड्ने सम्भावना कम छ । किनकि बहुमत सदस्य जिल्ला सभापतिहरु केही बुँदामा असन्तुष्ट छन् । 

देउवा पक्षले सहमति जनाएर पनि त्यसलाई पालना नगरेको भन्दै आक्रोश पोखिरहेका छन् । 

पौडेल र सिटौला पक्षका नेताहरुले विधानलाई कसरी परिभाषित गर्लान् भन्ने चासो यद्यपि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ