arrow

देशैभर नेविसंघले बहस अभियान

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
nu.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघले देशैभरी खुल्ला बहस अभियान चलाउने तयारी गरेको छ ।  आफ्नो स्वर्ण जयन्तीका अवसरमा राजधानीमा आयोजित खुल्ला बहस कार्यक्रमपछि बहसलाई देशैभर लैजाने निर्णय भएको नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार खुल्ला बहस मार्फत नेविसंघका नेता कार्यकर्ताहरुलाई संगठन प्रति जिम्मेवार बनाउने र स्थानीय तहमा रहेका संगठनका प्रतिनिधिहरुलाई चलायमान बनाउने लक्ष्य लिइएको छ । यस्तै सरकारको गलत क्रियाकलापका विषयमा समेत आफ्ना नेता कार्यकर्तामार्फत अभियानले सरकारको शैलीमाथी खबरदारी गर्ने लक्ष्य लिएको अधिकारीले जानकारी दिए ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघले आफ्नो गौरबमय इतिहासलाई पुर्नजिवन दिन अभियानलाई देशैभर लैजाने तयारी गरेको बताए ।  ‘नेविसंघको गौरवमय इतिहास अहिले आएर खुम्चिने अवस्थामा पुर्याइएको छ, हामी अभियान मार्फत नेविसंघलाई तल्लो तहसम्म नै चलायमान बनाउँदै पुर्नजिवन दिन्छौं,’ निवर्तमान महामन्त्री काफ्लेले भने ।

उनले विगतका नेविसंघ नेतृत्वले संघको इतिहास नै संघर्षमय अवस्था पार गरेर पार्टी नेतृत्व लाई समेत गाइड गरेको अवस्था रहेको तथा तत्कालिन शासकहरु समेत नेविसंघ देखि तर्सिने गरेको तर संघिय लोकतान्त्रिक गणतन्त्र पछिको अवस्थामा नेविसंघमाथी प्रश्न उब्जिएको स्पष्ट पारे ।

उनले नेविसंघलाई गुटको गोटि बनाइएको, नेविसंघ हुक्के चम्चालाइ मिलाउनु पर्ने अवस्थामा आइपुगेको, पदका लागि दाइ भाउजूलाई मिलाउनु पर्ने अवस्था सृजना भएको, आधारभूत मूल्यमान्यता, विधि बिधान र नीति नै बिर्सिने अवस्था आएको भन्दै बहस अभियानको आवश्यकता महसुस गरिएको जनाए  ।

नेता बलदेव तिमल्सिना नेविसंघको गिरेको गरिमा उच्च पार्न नेविसंघ कै कार्यकर्ताको बलिदानी आवस्यक रहेको बताए । उनले सबै तहका नेता कार्यकर्ताले नेविसंघको पुरो अवस्था फर्काउन सहयोगी भूमिका निर्वाह गर्नु पर्नेमा समेत जोड दिए ।

केन्द्रिय सदस्यहरु शुशिल भट्ट, शैलेन्द्र गौडेल लगायतले कांग्रेस कमजोर हुदा मुलुकमा अस्थिरताको स्थिती देखापरेको र नेविसंघ कमजोर हुदा शैक्षिक माफिया हरु सलबलाउन थालेको भन्दै मुलुकलाई समस्याहरुबाट निकास दिन समेत नेविसंघ सुदृढ हुनु पर्ने अवस्था आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ