arrow

प्रहरीको चरम लापरबाहीले महिलाको हत्या, किन भयो प्रहरी निरीह ? 

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार

मोरङ । प्रहरीको चरम लापरबाहीले एक महिलाको हत्या भएको छ । मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेतको शुक्रबार राति भएको हत्यामा पथरी प्रहरी समेत दोषी देखिएको हो ।

पथरीमा आयोजित कन्सर्टलाई मध्यरातसम्म सञ्चालन हुन दिनु पनि हत्याको प्रमुख कारण भएको स्थानीय बताउँछन् ।

प्रशासनले कुनैपनि कार्यक्रम गर्न बेलुका ७ देखि ८ बजेसम्म मात्र समय दिने भएपनि सो कन्सर्टका लागी पथरी प्रहरीले मध्यरात सम्म सञ्चालन गर्न दिएको थियो ।

नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी बस्नेतको शव शनिबार बिहान प्रहरीले उठाउने कोशिष गरेपनि आफन्तले शव उठाउन दिएका छैनन् । प्रहरीको चरम लापरबाहीका कारण यो घटना भएको भन्दै परिवार आक्रोशित बनेका छन् । 

बस्नेतका आफन्त तेह्थुमबाट आईनपुगे सम्म शव नउठाउने परिवारको दाबी रहेको छ । मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् ।

शुक्रबार दिनभर तनावमा मृतक रिना
मृतकका छोराका अनुसार शुक्रबार दिउँसो आमा पुरै तनाबमा थिईन । उनको मोबाईलमा बारम्बार फोन आईरहेको थियो । उनी निक्कै हतास थिईन । दिउँसो एक आफन्तको जन्मदिनमा सहभागी भएर आएका आमाछोरा बेलुका कन्सर्टमा जाने तयारीमा भएपनि आमा पुरै तनावमा देखिएको र आत्तिएको जस्तो लागेको उनका छोराले बताएका छन् ।

यस बिषयमा पथरी प्रहरीले कुनै प्रतिक्रिया दिन मानेको छैन । बीच बजारमा नग्न अबस्थामा हत्या हुँदा समेत प्रहरीले सुँईको नपाउनु र दिनभर मृतकको फोन आउनुले घटना थप शंकास्पद बनाएको छ ।

निरिह पथरी प्रहरी
केही महिना यता बारम्बार पथरीमा घटनाहरु भईरहेका छन । पथरी प्रहरी यस बिषयमा निकम्मा बनेको स्थानीयको आरोप छ ।

महिनादिनअघि सिक्का बारमा भएको हत्या,जंगलमा भेटिएको शव लगायतका आधा दर्जन बढी घटनामा प्रहरी निकम्मा देखिएको छ ।

 

कुनैपनि घटनाको अनुसन्धान गर्न र दोषी पक्राउ गर्न नसकेको पथरी प्रहरीप्रति स्थानीयले समेत औँला उठाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ