arrow

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा पत्रकारलाई प्रवेश गराउने जिम्मा नेपाली सेनालाई !

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
pm-oli-1.jpg

बुटवल । रूपन्देहीको जितगढी विजय उत्सव कार्यक्रममा पत्रकारलाई प्रवेश गराउने जिम्मा नेपाली सेनालाई दिईएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा पत्रकारलाई कार्यक्रममा प्रवेश गराउने र  जाँच गर्ने जिम्मा सेनालाई दिईएको हो । 

तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको दिन बैशाख ७ गतेलाई यसपाली विशेष खुशियालीका रुपमा मनाउन लागिएको छ । बुटवल उप–महानगरपालिकाले आयोजना गरेको  जितगढी विजय उत्सव दिवसमा पत्रकारलाई निमन्त्रणा गर्दै भनिएको छ,` उक्त कार्यक्रममा यहाँहरु पत्रकार परिचयपत्र (भएमा सूचना विभागको समेत) लिएर निर्धारित समय भन्दा केही अगावै जितगढीमा समाचार संकलनका लागि आउनुहुन अनुरोध छ । साथै नेपाली सेनाको टोलीले सुरक्षा चेकजाँच समेत गर्ने भएकाले परिचयपत्र अनिवार्य गरिएको छ ।`

बुटवल उप-महानगरपालिकाले पत्रकारलाई बाडिएको   निमन्त्रणा पत्रमा  जितगढीमा भिडियो र फोटोग्राफीका लागि अलग्गै स्थानको व्यवस्था गरिएको तर त्यसमा सिमित सिट निर्धारण भएको उल्लेख छ । विजयोत्सवको दिन जितगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक अनावरण गर्ने र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ