arrow

दक्षिणाका लागि भ्रम छर्दै नहिँड्न ज्योतिषीहरुलाई प्रम ओलीको चेतावनी

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
KP-oli-naya-news.jpeg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली ज्योतिषीहरुसँग बिच्किएको, उनी आफैंले देखाएका छन्। शनिबार बुटवलको जितगढी किल्लामा आयोजित विजयोत्सब कार्यक्रमलाई सम्बोधन गर्दा, प्रधानमन्त्री ओली ज्योतिषीहरुमाथि खनिएका छन्। नयाँ वर्ष २०७६ लाग्दै गर्दा राजधानीका केही ज्योतिषीले अबको केही महिनामा केपी ओली सत्ताच्यूत हुने भविष्यवाणी गरे। त्यतिमात्रै होइन, एकाथरीले अब ओली हटेर प्रचण्डको भाग्य चम्किने र अर्काथरिले प्रधानसेनापतिले सत्ता चलाउने र राजसंस्था फर्किने ठोकुवा समेत गरे। 

प्रधानमन्त्री ओलीले पनि ती ज्योतिषीहरुले गरेको भविष्यवाणी हेरेका रहेछन्। उनले ती ज्योतिषीले गरेको भविष्यवाणी हेरेको शनिबार जितगढीकै कार्यक्रममा खुलाए। उनले भने, “ज्योतिषी उचालेर यो वर्ष यो त्यो हुन्छ रे, के हुन्छ ? असार लागेपछि पानी पर्छ”। प्रधानमन्त्री ओली थपे, “कुनै भ्रम नपाले हुन्छ, दक्षिणावाला ज्योतिषीहरुलाई बकबास नगर्न सल्लाह दिन्छु, बेकारको बकबास गरेर हिँड्याछ दक्षिणालको लोभरमा। जनता भ्रममा पर्नेछैनन्, भ्रम नछर”।  

विजयोत्सव समारोहमा ओली बिरुद्ध अर्घाखाँचीका रुद्रप्रासद घिमिरेले कालो झण्डा देखाएका थिए। ओलीले उनलाई कसैले उचालेका होलान् भन्दै केही नगर्न पनि भनेका थिए। साथै उनले विना उद्देश्य क्रान्तिकारी बन्न खोजेको भन्दै विप्लव समूहप्रति आक्रोस पनि पोखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ