arrow

पोखरामा हिन्दू स्वयंसेवक सम्मेलन

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
hindu_swayamsewak.jpg

पोखरा । हिन्दू स्वयंसेवक संघ नेपाल लुम्बिनी–गण्डकी सम्भागको आयोजनामा स्वयंसेवक सम्मेलन एवं वृहत् पथसञ्चलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सम्भाग अन्तर्गतका आठ जिल्लाका करिब एक हजार दुई सय स्वयंसेवकहरूले नयाँबजारस्थित प्रदर्शनी केन्द्रबाट नयाँबजार, पृथ्वीचोक, सृजनाचोक, न्यूरोड, महेन्द्रपुललगायत क्षेत्रमा पथसञ्चालन (नगर परिक्रमा) गरेका थिए । पथसञ्चालनपछि आयोजित मूल कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि, गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले धर्म र संस्कृति मुलुकको गहना भएको भन्दै यसका रक्षा गर्नुपर्नेमा जोड दिए । 

हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक हेमशर्मा आचार्यको अध्यक्षता आयोजित कार्यक्रममा सह राष्ट्रिय संघचालक कल्याण तिम्सिनाको बौद्धिक रहेको थियो । उक्त अवसरमा सहसंघचालक तिम्सिनाले धर्ममाथिको आक्रमण रोक्नका लागि धार्मिक–सांस्कृतिक जागरण अपरिहार्य रहेको बताए । उनले संघको कार्य राष्ट्र निर्माणका लागि व्यक्ति निर्माण रहेको बताए। संघ व्यक्तिनिष्ठ नरहेर तत्वनिष्ठ अर्थात् धर्म–संस्कृतिप्रति निष्ठावान् रहेको उनको भनाइथियो।

संघका सह राष्ट्रिय प्रचारक रेवित कुमार, प्रा.डा नारायण प्रसाद कोइराला, प्रा.डा दिलबहादुर क्षेत्री, समाजसेवी गणेशबहादुर श्रेष्ठ, पर्यटन व्यवसायी गणेश भट्टराई, स्वागत समिती अध्यक्ष ऋषि सापाकोटा, महासचिव शंकर खरेल, कार्यक्रम सञ्चालक गोकुल पोख्रेललागायत समाजका गणमान्य विशेष व्यक्तित्वहरुको उपस्तिथि रहेको एकदिवसीय कार्यक्रम विशेषतः समाजमा संगठनको आवश्यकताबारे बोध गराउन आयोजना गरिएको आयोजकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ