arrow

चौधरी फाउण्डेसनको कृत्रिम हातखुट्टा जडान केन्द्र सञ्चालनमा

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
chaudhari-PM.jpg

कावासोती । चौधरी फाउण्डेसनले कृत्रिम हातखुट्टा जडान केन्द्र सञ्चालनमा ल्याएको छ । शनिबार नवलपुरमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपरासी पूर्वनवलपुरमा सो केन्द्रको उद्घाटन गरेका हुन् ।

केन्द्र उद्घाटनको लागि नवलपुर पुगेका प्रधानमन्त्री ओलीले शास्वतधामको समेत भ्रमण गरेका छन् । शनिबार नवलपुरको सदरमुकाम कावासोतीमा एकीकृत कार्यालय निर्माणस्थलको शिलान्यासपछि ओली शाश्वतधाम पुगेका थिए । ओलीले शाश्वतधाममा रहेको एकाम्बरेश्वर मन्दिरमा पूजा, अर्चना गरेको चौधरी ग्रुपले जनाएको छ । 

प्रधामन्त्री ओलीले शाश्वतधाममा रहेको धार्मिक सङ्ग्रहालयकोसमेत अवलोकनपश्चात धार्मिक, पर्यटनको विकासमा शाश्वतधामले टेवा पुर्‍याएको भन्दै चौधरी फाउण्डेसनको प्रशंसा गरेका छन् ।

सोही अवसरमा प्रधामन्त्री ओलीले चौधरी फाउण्डेशनद्वारा सञ्चालित कृत्रिम हातखुट्टा जडान केन्द्रको उद्घाटन गरेका हुन् । विभिन्न कारणले हातखुट्टा गुमाएका व्यक्तिलाई निःशुल्क कृत्रिम हातखुट्टा जडान गर्दै आएको केन्द्रको स्थायी केन्द्र प्रधामन्त्री ओलीले उद्घाटन गरेका हुन्। 

केही समयअघि केन्द्रले काठमाडौंको नर्भिक अस्पताल र गैँडाकोटको सहज सामुदायिक अस्पतालमा निःशुल्क शिविरको आयोजना गरी करीब ५०० जनालाई कृत्रिम हातखुट्टा जडान गरेको थियो ।

प्रधामन्त्रीले कृत्रिम हातखुट्टा प्रदान गर्ने जस्तो पवित्र काम गरेकामा धन्यवाद दिँदै कृत्रिम हातखुट्टा पाएकालाई बधाई दिएका थिए ।

विभिन्न कारणले हातखुट्टा गुमाएका एक लाखभन्दा बढी व्यक्ति नेपालमा  रहेको र उनीहरुलाई निःशुल्क हातखुट्टा जडान गर्ने योजना रहेको फाउन्डेशनका अध्यक्ष विनोद चौधरीले बताए। उनले स्थायी रुपमा नै यसलाई अगाडि बढाइएको बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ