arrow

सावधान ! चट्याङ र हावाहुरीसहित वर्षा हुँदैछ 

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
lightning.jpg

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाखाशाले मौसममा सुधार हुन नसकेकाले चट्याङसहित हावाहुरी र वर्षा हुन सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

महाशाखाले चट्याङ, हावाहुरी र वर्षाको सम्भावना औंल्याउँदै सचेत रहन आग्रह गरेको हो । 

चैतदेखि धेरै संख्यामा चट्याङ पर्दा थुप्रै जनाको मृत्यु भइसकेको भन्दै सचेतना अपनाउन पनि विज्ञाहरुले सुझाव दिएका छन् । 

आइतबार पनि चट्याङ पर्न सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ । 

योक्रम सोमबार पनि रहने छ । पूर्वी र मध्य भूभागका केही स्थानहरु तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ तथा हावाहुरी सहित हल्का वर्षाको संभावना रहेको छ । 

त्यस्तै मंगलबारसमेत यो क्रम जारी रहने जनाइएको छ । 

चट्याङले धेरै नै जनधनको क्षति पारेकाले विशेष सचेतना अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । प्रविधिको बढ्दो प्रयोगले पनि खतरा निम्तन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ