पेटमा बच्चाको मृत्यु भएकी सुत्केरीको कैदीको रगतले बच्यो ज्यान
प्रकाशित २०७६ वैशाख ८ आइतबार
805
Shares
सल्यान । सल्यानमा कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगाइएको छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गरेकी हुन् ।
“अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ, ” पूजाले भनिन् ।
गत शुक्रबारदेखि नै घरमै व्यथा लागेको मनिषालाई शनिबार बिहान जिल्ला अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । पेटमा रहेको बच्चाको मृत्यु भइसकेकाले शल्यक्रिया गरेर निकालिएको चिकित्सक प्रदीप शर्माले जानकारी दिए।
“जिल्लामा ब्लड बैंक छैन शल्यक्रिया गर्नुपरेमा रक्त समूह मिल्ने व्यक्तिलाई फोन गरेर अस्पतालमा बोलाएर रगत झिक्छौ ।” उनले भने।