arrow

श्रीलंका विस्फोटप्रति प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीद्वारा खेद व्यक्त

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
exPM_oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम विस्फोटप्रति खेद व्यक्त गरेका छन् । आईतबार श्रीलंकाको विभिन्न स्थानमा भएको बम विस्फोटप्रति प्रधानमन्त्री ओलीले गहिरो दुख व्यक्त गरेका छन् । उनले ट्वीटरमार्फत् निर्दाेष नागरिहरुको विस्फोटमा ज्यान गएको प्रति आफूलाई गहिरो दुख लागेको उल्लेख गरेका छन् । 

उनले श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमासिंहे सहित सम्पूर्ण बम विस्फोटका प्रभावित परिवारहरुलाई धैर्य धारण गर्नसक्ने क्षमता मिलोस् र छिटै सो विस्फोटको पुनरुद्धार होस् भन्ने कामना समेत गरेका छन् । त्यस्तै, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि सो घटनाप्रति दुख व्यक्त गरेका छन् । उनले सो घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

श्रीलंकाको राजधानी कोलम्बोमा भएको श्रृङ्खलाबद्ध आक्रमणमा झण्डै २ सय जनाको ज्यान गएपछि श्रीलंका सरकारले कोलम्बोमा सेना परिचालन गरेको छ । आईतबारदेखि भएको श्रृङ्खलाबद्ध आक्रमण नरोकिएपछि सरकारले कफ्र्यू आदेश जारी गर्दै सेना परिचालन गरेको छ । 

श्रीलंका सरकारले कर्फ्यू साँझ ६ बजेदेखि भोलि विहानसम्मको लागि आह्वान गरेको छ भने सेना परिचालन अनिश्चत कालको लागि परिचालन गरिएको छ । बिहानैदेखि भएको श्रृङ्खलाबद्ध विस्फोटका कारण ठूलो संख्यामा नागरिकहरुको हताहती भएपछि श्रीलंका सरकारले सेना परिचालन र कफ्र्यू आदेश जारी गरेको हो । 

साथैं श्रीलंका सरकारले सामाजिक सञ्जालमा पनि तत्कालको लागि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जालमार्फत् अफवाह फैलिन सक्ने भन्दै श्रीलंका सरकारले अर्काे निर्णय नभएसम्मको लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको श्रीलंकाका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

श्रीलंकाको राजधानी कोलम्बो तनावग्रस्त बनेको छ । लगातार ६ पटकसम्म भएको विस्फोट पछि शान्त हुने अपेक्षा राखिएपनि दिउँसो फेरि अर्काे हमला भएको छ । सातौं हमलासम्म एक सय ८० भन्दा बढी मानिसहरुको ज्यान गईसकेको छ भने ५ सय भन्दा बढी घाईते भएको मिडिया रिपोर्टमा उल्लेख छ । केही बेर अघि मात्रै कोलम्बोमै आठौं बम विस्फोट भएको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ