arrow

हिन्दू राष्ट्रको पक्षमा सहयोग गर्न राप्रपाको आग्रह

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
RPP-N111.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि समान विचार भएका दलहरुसँग सहकार्य गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले देशलाई हिन्दू राष्ट्रको रुपमा पुनःस्थापना गराउन निरन्तर सङ्घर्ष गर्ने निर्णय गर्दै हिन्दू राष्ट्रको पक्षमा हुने सबै गतिविधिमा धार्मिक सङ्घसंस्था र जनसमुदायलाई सहयोग गर्न आग्रह गरेको छ ।

पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत गर्दै दोस्रो चरणको सङ्घर्षलाई प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा राजेन्द्र लिङ्देन, डा धवलशम्शेर राणा, भाष्कर भद्रा, विक्रमबहादुर थापा, कुन्तीकुमारी शाही र प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात दिनभित्र कार्ययोजना पेश गर्ने पार्टीले जनाएको छ ।

गत फागुन ७ गतेदेखि शुरु गरेको जनसङ्घर्षका क्रममा मेची–महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्रका लागि देशव्यापी हस्ताक्षर सङ्कलन अभियान, सङ्घ, प्रदेश र सबै जिल्लाका प्रशासन कार्यालयमा धर्नालगायत कार्यक्रम सफल भएको निष्कर्ष बैठकले निकालेको छ ।

यसैबीच राप्रपा (संयुक्त) का नेता सुन्दर पाण्डेले हिन्दू राष्ट्रको पुनःस्थापना, सङ्घीयताबारे जनमत सङ्ग्रह, भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रणलगायत माग गरी यही वैशाख अन्तिम सातादेखि देशव्यापी अभियान शुरु गर्ने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ