arrow

नेकपाले सबै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगायो, भोलि सार्वजनिक हुने

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
NCP_meeting.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले सबै जिल्लाको कमिटी अध्यक्ष र सचिवको  टुंगो लगाएको हो । 

साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने भएको छ ।  

लामो समयसम्म जिल्ला कमिटिका पदाधिकारीहरुको चयन नहुँदा कार्यकर्ता तहमा निराशा छाएको थियो भने धेरैले नेकपाको आलोचना समेत गर्न सुरु गरेका थिए । यसैबीच आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो । सोही बैठकले यसको टुंगो लगाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ