arrow

‘१ बजे एकेडेमीमा रमिता छ आउनुस् है’

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
nekapa.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थापना दिवस सोमबार भब्य रुपमा मनाउँदैछ । 
जिल्लातहको एकीकरण नहुँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आन्तरिक द्धन्द्ध आएको भए पनि आइतबार नेताहरुबीच सहमति भएपछि सोमबार भब्य रुपले एकता दिवसका रुपमा मनाउन लागिएको नेताहरुले बताएका छन् । 

जिल्ला कमिटि ६ महिनाको मात्र हुनेछ । एमालेको भागमा परेको जिल्लामा अध्यक्ष पूर्व अध्यक्ष हुनेछ भने सचिव माओवादीको पूर्व अध्यक्ष हुनेछ । 

त्यस्तै माओवादीको भागमा परेको जिल्लामा अध्यक्ष माओवादीको पूर्व अध्यक्ष हुनेछ भने सचिव एमालेको पूर्व जिल्ला अध्यक्ष हुनेछ । 

६ महिनाभित्र जिल्ला अधिवेशन गरेर कमिटि बनाउनु पर्नेछ । दुई वर्षभित्र नेकपाको केन्द्रमै महाधिवेशन हुनेछ । 

गत वर्षको जेठ ३ गते पार्टी एकता गरे पनि नेकपाभित्र पूर्णरुपले एकता भएको थिएन । 

नेकपाले ७१ औं स्थापना दिवस मनाउँदै गर्दा सोमबार भब्य रुपले नेपाल प्रज्ञा प्रतिष्ठानमा भब्य कार्यक्रम गर्दैछ । 

फेरि जेठ ३ को झल्को दिने गरी कार्यक्रम गर्न लागिएको नेकपाले जनाएको छ । यही कार्यक्रमबाटै आइतबार सहमति गरेका ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिने छ । 

दिउँसो १ बजे प्रज्ञा भवनमा ७१ औं कम्युनिष्ट पार्टी स्थापाना दिवस समारोह मनाइने भएको हो । 

सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यको मात्र टुंगो लगाएको नेकपाले आइतबार जिल्ला कमिटि अध्यक्ष र सचिवको टुंगो लगाएको हो । 

अबको केही दिनमा पोलिटब्यूरो गठन गरी सबै केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनका अनुसार पोलिटब्यूरोको संख्या जम्मा केन्द्रीय सदस्यहरुको एक तिहाई हुनेछ ।


प्रज्ञा प्रतिष्ठानमा रमिता 
दिनले एक वर्ष पुग्न लागेको एकताको डम्फूले अझै पूर्णता पाउन नसकेको अवस्थामा सोमबार फेरि पूर्ण एकता भएको र आफूहरुबीच कुनै विवाद नरहेको घोषणा गर्नेछन् अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले । 

एक केन्द्रीय सदस्यका अनुसार एकता भएर पनि पार्टीभित्र स्थानीय स्तरमा एकता भएजस्तो देखिँदैन । यो भ्रम चिर्नका लागि पार्टीमा ब्यापक छलफल हुनुपर्नेमा उनको सुझाव छ । 

सरकारले १४ महिनाको सत्ता सम्हालेको समय हुँदा पनि जनताले महसुस गर्ने गरी उल्लेख्य काम गर्न नसकेको आरोप छ । त्यो आरोप नेकपाभित्रै बढी छ । 

यसलाई स्प्ष्ट पार्न पनि दुई अध्यक्षले समय खर्चिन सक्ने बुझिन्छ । ‘नाम नलेख्नुस् है’ भन्दै ती केन्द्रीय सदस्यले समयबारे स्मरण गराए ‘१ बजे एकेडेमीमा रमिता छ आउनुस् है ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ