arrow

स्थानीयले जग्गा नदिएपछि १८ बर्षपछि फर्कियो सेना

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ वैशाख ९ सोमबार
senaa_photos.jpg

 बाजुरा । १८ बर्षदेखि बाजुराको बुढिन्नदा नगरपालिकाको कोल्टीमा बस्दै आएको नेपाली सेना सोमबार अछाम फिर्ता भएको छ । कोल्टिमा कसैले पनि जग्गा उपलब्ध नगराउदा नेपाली सेना फिर्ता भएको नेपाली सेनाको एक स्रोतले वताएको छ ।

लामो समयदेखि बिद्यालयमा बस्दै आएको सेनाले पटक पटक स्थानीय सरकार, राजनीतिक दल र स्थानीयलाई आग्रह गर्दा पनि कतै जग्गा नपाएपछि आज सेना अछाम फिर्ता भएको हो । सामान हेलिकेप्टरबाट ओसारेका छ भने सेना पैदल मार्ग भएर अछाम फिर्ता भएको छ । स्थानीय बासिले भने राजनीतिक दल र जनप्रतिनिधिका चाँसो नभएका कारणले सेना फिर्ता भएको बताएका छन् । सेना फिर्ता भएपछि स्थानीयले सामाजिक सञ्जालमा समेत चर्को आलोचना गरेका छन् ।

 नेपाली सेनाका प्रबक्ता बिज्ञान देब पाण्डेले भने, 'द्धन्द्धकालमा द्धन्द्ध ब्यबस्थापनका लागि राखेको हो, अहिले शान्ति सुरक्षाको अबस्था मजबुद रहेको त्यहाँ नेपाली सेनाको खासै आबश्यक नरहेकोले फिर्ता बोलाएएको हो ।' उनले यस्तो भने पनि तर जग्गा उपलब्ध नगराएकै कारणले ब्यारेक फिर्ता जान लागेको जग्गाका लागि पटक पटक गरिएको प्रयासले बताँउछ । कोल्टीमा रहेको भवानी बक्स गण अछाम माथतको गण हो ।

 भवानी बक्स गण अछामका प्रमुख प्रमुख सेनानी लोचन कार्कीले भने त्यहाँ अब खासै आबश्यक नरहेकोले अछाम फिर्ता बोलाएको वताए । सेनाले पटक पटक जग्गाका लागि राजनीतिक दल नेताहरुसँग आग्रह गर्दै आएको थियो । जग्गा ब्यबस्थापन नभएपछि बाध्य भएर फिर्ता हुन लागेको हो । पहिले बस्दै आएको ब्यारेक क्षेत्र प्राकृतिक रुपमा सुरक्षित नरहेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले नवस्न भनेपछि बैकल्पीक ब्यवस्था नहुदासम्म भन्दै विगत ३ बर्षदेखि बुढीनन्दा क्याम्पसको भवनमा भवानी वक्स गण ‘क’ बस्दै आएको थियो । नेपाली सेनालाई बस्नका लागि जग्गा उपलब्ध गराउन नसक्दा फिर्ता हुन लागेको हो । नेपाली सेनाको ब्यारेक बनाउनका लागि कतै जग्गा उपलब्ध हुन नसक्दा अव लामो समय देखि बिद्यालयको भवनमा वस्न नसक्ने भन्दै हेडक्वाटरले फिर्ता बोलाएको भवानी बक्स गण कोल्टीका मेजर हरिराम कुमार श्रेष्ठले वताए ।

२०७१ सालमा सेनाको ब्यारेक नजिकै  बाढीपहिरो गएर धन जनको क्षेति भएपछि नेपाली सेनाको प्राविधिक टोलीले सेना बसीरहेको गुम्वा क्षेत्रको ब्यारेकमा नवस्न भनेपछि हाल बुढीनन्दा क्याम्पसको भवनमा बस्दै आएको थियो । नेपाली सेनालाई वस्नका लागि स्थानीय तहले ठाउँ नखोजेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । दैवि प्रकोप लगायतका घटना तथा एयरपोर्ट पनि भएकाले भिआइपीहरुको सुरक्षार्थ समेत सहजता हुने भए पनि नेपाली सेनालाई वस्ने वातावरण नबनाएको स्थानीय काशीराम विष्टले वताए ।

 यता बुढीनन्दा नगरपालिकाका प्रवक्ता कृष्णराज पाध्याले नेपाली सेनाको ब्यारेकका लागि विभिन्न ठाउँमा जग्गाको खोजी गरे पनि कतै रेट नमिलेको र कतै वस्न योग्य ठाउँ नहुदा उनीहरु जान लागेको वताए । जग्गा खरिदका लागि पटक पटक कुरा गर्दा पनि स्थानीयवासी दररेटमा सहमत नभएको बताइएको छ । प्रवक्ता पाध्याले नगर कार्यपालिकाको बैठकले प्रति वर्ग मिटर १ हजार रुपैया दिने भनेर निर्णय गरे पनि स्थानीयले नमानेको वताए ।

 १० वर्ष पहिले  कोल्टी स्थित नेपाली सेना लाई ब्यबस्थित गर्न पोखेगडी लामासिंहमा सरकारी जग्गा उपयुक्त भन्ने शिृार्षमा समाचार सम्प्रशण गरिएको थियो ।  उक्त स्थानमा  सेना रखेमा बडिमालिका क्षेत्रको संरक्षण, मानव आवगमजनमा  सुरक्षा, जडिबसटी तथा बनपैदवार  तथा वन्यजन्तुचोरी निकासी कम हुने हुदा पोरखे गडी उपयुक्त भन्ने शिर्षकमा समाचार प्रकासन भएको थियो । यद्येपी सम्बद्ध निकायबाट समाचारको सुनवाई भएन। १८ वर्ष पछि सेनाले कोल्टी छोड्न बाध्य हुनुपर्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ