arrow

आठ दिन अघि विदेशबाट फर्किएका मण्डलको गाडीको ठक्करबाट मृत्यु, सहमतिमा खुल्यो अवरुद्ध राजमार्ग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख ९ सोमबार
mandal.jpg

जनकपुरधाम । आठ दिन अघि विदेशबाट फर्किएका अरुण मण्डलको गाडीको ठक्करबाट मृत्यु भएको छ । आइतबार राति करिब  आठ बजे लक्ष्मीनिया गाउँपालिका वडा नम्बर  ७ बस्ने सोमन मण्डल का २४ वर्षीया अरुण मण्डललाई गाडीले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको हो ।

मृत्युपछि आक्रोशित बनेका स्थानीयले धनुषाको लक्ष्मीनियामा गाउँपालिकाको सडक खण्डमा चक्काजाम र नाराबाजी गरेका छन् ।

ज११प ९३९७ नम्बरको डिस्कभर मोटरसाइकलमा अरुण मण्डलले आफ्नो दिदीको गाउँ फुलगमाबाट घर फर्किँदै गर्दा पहिचान नखुलेको एक गाडिले आइतबार राति मिथिला डेरी अगाडि ठक्कर दिएको थियो।

स्थानीय र पीड़ित परिवारजन तत्काल ठक्कर दिएको गाडी नियन्त्रणमा लिएर दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै राजमार्ग अवरुद्ध गरेको हो । बिहानैदेखि अवरुद्ध भएको जनकपुर-ढल्केवर सडक खण्ड १० बजे प्रहरी र स्थानीय सहमतिमा खुलेका लक्ष्मीनिया गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गगाइ साहले बताए ।

मृतक मण्डलको एक वर्ष पहिला वैशाखमा  विवाह भएको थियो । आठ दिनपहिले मात्र वैदेशिक रोजगारीबाट उनी घर फर्किएका थिए । मृतक मण्डलका पिता सोमन मण्डल पनि वैदेशिक रोजगारीमा रहेको वडा अध्यक्ष साह जानकारी दिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ