arrow

हाम्रा प्रजातिको संरक्षण नाराका साथ पृथ्वी दिवस मनाइदै, सन् २०२० मा ५० औ पृथ्वी दिवस मनाउने तयारी

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
earth-day-19.jpg

काठमाडौं। हाम्रा प्रजातिको संरक्षण गरौ भन्ने नाराका साथ आज बिश्वभर पृथ्वी दिवस मनाइदैछ। पृथ्वीमा बिभिन्न प्रजातिका जिवजन्तु लोप हुदै गएपछि यसलाई संरक्षण गर्नका लागि यस बर्षको नारा हाम्रा प्रजातिको संरक्षण गरौ भन्ने राखिएको हो।

विश्वमै जिवजन्तु तथा वनस्पतिहरुहरु लोप हुदै गइरहेका छन। तिब्र गतिमा बन विनाश, तापमान वृद्धि, जलवायु परिवर्तन र बढ्दो प्रदुषणका कारण हाम्रा बिभिन्न प्रजातिहरु लोप हुदै गएका छन्। पृथ्वीमा प्रदुषणको मुख्य कारण कच्चा तेलको अत्यधिक प्रसोधन, उद्योग तथा कारखानाबाट निस्किने प्रदुषण, किटनाषक एवं विषादियुक्त फोहोर, पर्यावरणिय क्षति र वन्य जीवजन्तुहरुको लोप हुनुलाई मानिएको छ। 

त्यसैगरी आणविक हतियारको उत्पादनलाई पृथ्वीको सवैभन्दा ठुलो चूनौतिका रुपमा लिइएको छ। यसले पृथ्वीको सतह नै नष्ट गर्ने हुँदा यो सर्वत्र चिन्ताको बिषय बनेको छ। २०औं शताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठुलो चुनौति हो।

बर्षेनी शुन्य दशमलव १८ डिग्री सेन्टिग्रेटका दरले पृथ्वीको तापक्रम बृद्धि भइरहको छ। पृथ्वीमा सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओजोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपदका घटनामा बृद्धि भइरहेका छन्। 

पृथ्वीमा बढिरहेका अप्राकृतिक समस्याहरुसँग जुध्नका लागि प्रेरणा र जागरुक  गराउने उदेश्यले पृथ्वी दिवस विश्वभर मनाउने गरिन्छ। पृथ्वी दिवसका अवसरमा नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिंदैछ। 
नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाहरुले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएका छन्।

पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरुले पृथ्वीमा भईरहेको बढ्दो प्रदुषणका विरुद्ध चेतनामूलक र्यालीको आयोजना गर्दैछन्।
सन् २०२० मा ५० औ पृथ्वी दिवस मनाउने तयारी कतिपय देशहरुमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रुपमा मनाइन्छ।

सन् २००९ मा राष्ट्रसंघको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो। सन् २०२० मा ५० औ पृथ्वी दिवस मनाउने तयारी भइरहेको छ।  

अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाईमा पर्यावरण शिक्षा कार्यक्रमका रुपमा यो दिवस मनाइएको थियो। सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मलेनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुरयाएको थियो। राष्ट्रसंघको निर्णयपछि अहिले करीब २ सय  देशमा यो दिवस भव्यताका साथ मनाइन्छ।

अप्रिल २२ : पृथ्वीको उत्तरी गोलाद्ध वसन्त र दक्षिणी गोलाद्ध शरदको मौसमयुक्त अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलाद्ध वसन्त र दक्षिणी गोलाद्ध शरदको मौसमयुक्त हुने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ